काठमाडौँ – दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ९:२५ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु दार्चुलाको अपि हिमाल क्षेत्र रहेको छ। यस भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन।
यसअघि शनिबार बाजुरालाई केन्द्रबिन्दु बनाएर पनि भूकम्प गएको थियो। लगातार भूकम्प गइरहेको अवस्थाले उक्त क्षेत्रका बासिन्दामा चिन्ता थपिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पबाट प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।