प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मौसम पूर्वानुमान: हिजो चिसो, आजको यस्तो रहला ?

२०८० मंसिर २२, शुक्रबार ०९:०९ बजे

मकवानपुर – मकवानपुरसहित देशका अधिकांश क्षेत्रमा मौसम नखुल्दा बिहीबारदेखि चिसो बढेको महसुस गरिएको छ । बिहीबार विहानदेखि आकाश बादलले ढाकेपछि घाम समेत लाग्न पाएको थिएन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका थोरै स्थानहरूमा हुस्स/कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा महाशाखाले जनाएको छ।