प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

साउदी अरबमा गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु

२०८० असार १४, बिहीबार ०२:११ बजे

काठमाडौं – साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर बुधबार गोली चल्दा नेपाली सुरक्षा गार्डको पनि मृत्यु भएको अलजजिराले जनाएको छ ।

कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको अलजजिरामा उल्लेख छ ।  मृत्यु भएका नेपाली सुरक्षागार्डको नाम ठेगाना खुलेको छैन । 

समाचार अनुसार अमेरिका र साउदी अरेबियाका अधिकारीहरूले बुधवार घटनाको पुष्टि गरेका छन् भने आक्रमणको अनुसन्धान जारी छ।