काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिका – ३ स्थित जंगलबीचको अंगेरी खोलामा शनिबार दिउँसो एक महिला मृत अवस्थामा फेला परेकी छन्।
सल्यान जिल्लाको कपुरकोट गाउँपालिका – ४ डाँडापानी घर भएकी २८ वर्षीया मिना कठायत मृत अवस्थामा फेला परेकी हुन।
मिना हाल दाङ तुलसीपुर उपमहानगरपालिका – ३ श्रीगैंमा डेरा गरी दुई छोरा छोरीको साथमा बस्दै आएकी थिइन। उनका श्रीमान भने वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा छन्। उनी झारफुक गराउन जाने भनेर घरबाट निस्केकी थिइन्।
शुक्रबार झारफुक गराउन भनेर गएकी मिना त्यो दिन घर नफर्केपछि ससुरालगायत आफन्त मिलेर खोजी गर्ने क्रममा जंगल बीचको अँधेरी खोलामा शनिबार दिउँसो साढे १ बजेतिर मृत फेला परेकी हुन्।
उनी मृत भेटिएपछि कर्णबहादुरले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई खबर दिएका थिए। सूचनापछि प्रहरी निरीक्षक थापाको कमाण्डमा पाँच सदस्यीय टोली खटिएको थियो।
घटनास्थलमा मृतको चप्पलपनि फेला नपरेको तथा शरिरमा गम्भीर घाउ खतहरु देखा परेको थापाले बताए।खशव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।