प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

खेतमा पानी लगाउने विषयमा झगडा, तामाङले भण्डारीको हड्डी फुस्काए

२०८० आश्विन ९, मंगलबार ०४:५९ बजे

हेटौंडा – खेतमा पानी लगाउने विषयलाई लिएर झै–झगडा हुँदा एक युवाले एक वृद्धको हात भाचेका छन् । काभ्रे तेमाल गाउँपालिका वडा नं.२ बस्ने ३० वर्षीृय चन्द्रध्वज तामाङले ७६ बर्षीय डिल बहादुर भण्डारीको दाहिने हात भाँच्चिदिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार दिउँसो २ बजे तामाङ र भण्डारीवीच खेतमा पानी लगाउने बिषयलाई लिएर झगडा भएको थियो । सोही क्रममा तामाङले भण्डारीलाई कुटपिट गरी हात भाँचिदिएको प्रहरीले जनाएको छ । घाइते भएका भण्डारी धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

कुटपिट गर्ने तामाङ फरार रहेका छन् । उनको प्रहरीले खोजी गरिरहेको छ ।