काठमाडौँ - नेपालमा डेंगु सङ्क्रमितको संख्या ३५ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३५ हजार ४९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । संक्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै धादिङ जिल्लामा ३ हजार १२० सङ्क्रमित छन् ।