काठमाडौं – काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीस्थित एक घरमा बत्ती सजाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो बत्ती सजाउने क्रममा करेन्ट लागेर कैलाली भजनी नगरपालिका-४ घर भएका २८ वर्षीय पवन चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घरमा झिलिमिली बत्ति सजाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। उपचारको लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।