हेटौंडा – चितवनको राप्ती नगरपालिका वडा नं.७ फोर ग्रुपस्थित सडक किनारमा एक पुरुष मृत भटिएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शुक्रबार स्थानीय ६१ बर्षीय नारायण सापकोटा मृत भेटिएका हुन् ।
सापकोटाले अत्याधिक माधक पदार्थ सेवन गरेर हिड्ने गरेको प्रहरीले जनाएको छ । सोही कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।