प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आगोले पोलेर ३ वर्षका बालकको मृत्यु

२०८० आश्विन २, मंगलबार ००:३० बजे

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिका–३ वरुणमा आगोले पोलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दूधराज मुक्तानका छोरा अन्दाजी ३ वर्षका मनिष मुक्तान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जीवि दाहालका अनुसार बालकको घरकै अगेनाको आगोमा जलेर मृत्यु भएको हो । अपांगता भएका बालकलाई भान्साकोठामा झोलुंगोमा सुताएर परिवारका सदस्य खेतमा काम गर्न गएको बेला बालक झोलुंगोबाट झरेर अगेनासम्म पुगेको उनले बताए ।

उनको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखिएको छ ।