प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०७९ जेठ १२, बिहीबार ०३:०९ बजे

हेटौंडा –हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश लागायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा सामान्य बदली रहि प्रदेश १ र मधेस प्रदेशका एक/दुई स्थानमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।