काठमाडौं – आगो ताप्ने क्रममा जलेर बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजापुर नगरपालिका–५ का ७५ वर्षीया सोहनी थारु रहकी छन् ।
जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तिलकराम अर्यालका अनुसार घरभित्रको कोठामा बुधबार आगो ताप्दै गर्दा एक्कासि ब्ल्यांकेटमा आगो सल्किएर थारु घाइते भएकी थिइन् । उनको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको उनले बताए ।