प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा आफ्नै भाइले दाजुलाई पेट्रोल छर्केर आगो लगाए

२०८० पौष २८, शनिबार १७:३५ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.४ गरदेईमा आफ्नै सहोदर भाइले दाजुलाई पेट्रोल छर्केर लागो लगाएका छन्। मादक पदार्थ सेवन गरेर गरदेईमा बस्ने अन्दाजी ३२ वर्षका कुमार गिरीलाई उनको सहोदर भाइ २८ वर्षका रवि गिरीले पेट्रोल छर्की आगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगोले जलेर गम्भीर घाइते गिरीलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो । उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । आगो लगाउने भाइ रवि लाई प्रहरीले पक्राउ गरेको छ । घटना बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।