प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जुत्तामा खैरोहिरोइन लुकाएर ल्याउने रोहित मकवानपुर प्रहरीको फन्दामा

२०८० असार १७, आईतबार १२:४२ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नं. १५ रातोमाटेबाट लागुऔषध खैरोहिरोइन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका वडा नं. ५ बस्ने २४ वर्षीय रोहित मिजार रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिरगंजबाट हेटौंडातर्फ आउदै गरेको बागमति प्रदेश ०३–००१ ज ३१५ नम्बरको माईक्रो बसमा सवार मिजारलाई १ ग्राम लागूऔषध खैरो हिरोईन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले मिजारको शरीरको खानतलासी गर्दा उनले लगाएको जुत्ताको सोल भित्र लुकाएर ल्याएको अवस्थामा उक्त खैरो हिरोईन बरामद गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।