प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गोलकिपर किरण र कञ्चनको लामो प्रेम विवाहमा परिणत

२०७९ भाद्र १५, बुधबार ०८:४० बजे

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका(लगनगाँठो) छन् । उनले प्रेमिका कञ्चन निरौलासँग बुधबार विवाह बन्धनमा बाँधिएका हुन्।

उनीहरूले काठमाडौंको बालुवाटारमा रहेको सिल्भर ओक पार्टी प्यालेस विवाह गरेका हुन्। किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटारस्थित पार्टी प्यालेसमा पुगेका थिए । एयर होस्टेज कञ्चन र किरण पछिल्लो डेढ वर्षयता प्रेम सम्बन्धमा रहेका थिए । 

किरणले गत साउनमा माल्दिभ्समा धिवेही प्रिमियर लिगको उपाधि जितेलगत्तै कञ्चनलाई विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए। किरणले माजिया स्पोर्ट एण्ड रिक्रएसनबाट धिवेही लिग खेलेका थिए।

तस्वीरः सामाजिक सञ्जालबाट