प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

इटालीलाई हराउदै स्वीजरल्याण्ड युरोकपको क्वाटरफाइनलमा

२०८१ असार १७, आईतबार ०७:१७ बजे

काठमाडौँ – स्वीजरल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।

युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै स्वीजरल्याण्ड क्वाटरफाइनलमा पुगेको हो । स्वीजरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक एक गोल गरेका थिए ।

योसँगै युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली यस बर्षको युरोकपबाट बाहिरिएको छ । अब क्वाटरफाइनलमा स्वीजरल्याण्डले इङल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ ।