काठमाडौं – सर्लाहीको बलरा नगरपालिका–२ मा सोमबार साँझ कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय हरेशन सहनीकी १८ महिने छोरी माया कुमारी रहेकी छन्।
सोमबार साँझ ६ बजे भारतिय नम्बरको कारले बाटोमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा प्रादेशिक अस्पताल मंलगवामा मृत्यु भएको छ। ठक्कर दिने कार सहित चालकलाई प्रहरी चौकी छन्किटोलाले नियन्त्रणमा लिएको छ।