प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बाढीको वितण्डापछि रसुवा जाँदै प्रधानमन्त्री ओली

२०८२ असार २४, मंगलबार १५:२४ बजे

काठमाडौँ । बाढीको वितण्डापछि प्रधानमन्त्री केपी शर्मा ओली रसुवा जाने भएका छन् । प्रधानमन्त्री ओली मंगलबार अपराह्न रसुवा जान लागेका हुन् । 

रसुवागढी भन्सार क्षेत्रमा बाढीले तहस नहस बनाएसँगै स्थलगत अवलोकनका लागि प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले गृहमन्त्री रमेश लेखकसमेतलाई लिएर प्रधानमन्त्री रसुवा जान लागेका बताए । ती सदस्यका अनुसार आजै जाने भएपनि समय भने तय भइसकेको छैन ।  -रातोपाटी