प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ठूलो परिमाणमा नक्कली नोटसहित दुई जना पक्राउ

२०८० माघ १८, बिहीबार १८:४३ बजे

जनकपुरधाम – सर्लाही प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी टोलीले हरिवन नगरपालिका-११ कडरिया चौकबाट दुई जनालाई पक्राउ गरेको हो।

सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालका अनुसार बरामद नक्कली नोट गणाको काम भइरहेको छ। प्रहरीका अनुसार नोटबारेको विस्तृत विवरण केही बेरमा आउने छ।

यसअघि मंगलबार राति करिब ९ बजे मलंगवा नगरपालिका-३ नगरपालिका चोकस्थित अण्डा पसलबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित प्रहरीले श्रीमान् र श्रीमतीलाई पक्राउ गरेको थियो।