प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भरूवा बन्दुक र बन्दुक बनाउन प्रयोग हुने सामग्रीसहित भण्डारी पक्राउ

२०८० आश्विन ५, शुक्रबार १२:२४ बजे

हेटौंडा – भरूवा बन्दुक र भरूवा बन्दुक बनाउन प्रयोग हुने सामग्रीसहित रूकुम पश्चिमबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका–६ बस्ने ३६ वर्षीय झगेन्द्र भण्डारी रहेका छन् ।

भण्डारीको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचानको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा हातहतियारसहित फेला पारी भण्डारीलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

३ नाल भरूवा बन्दुक, नाल बनाउन प्रयोग हुने पाईप १ थान, सट्गनको कार्टिज ५ राउण्ड, बारुद बनाउन प्रयोग हुने गन्धक करिब १ मुठी, सोडा आधा प्याकेट, फलामको छड काटेर बनाएको छर्रा ६ वटा, गोली जस्तो बनाएको फलामको टुक्रा १५ वटा, क्यापमा प्रयोग हुने पटाका २० रोल र बारुद २ डिब्बासहित भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।