प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बुहारीद्वारा ससुराको धाटीमा दाउ प्रहार

२०८० आश्विन ६, शनिबार ०५:१३ बजे

हेटौंडा – एक महिलाले घरमा सुतिरहेका आफ्नै ससुरामाथि धारिलो हतियार प्रहार गरेका छन् । यो घटना धादिङको शिद्धलेक गाउँपालिका वडा नं.५ बुङचुङको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार स्थानीय ३७ बर्षीया पार्वती सिलवालले ७२ बर्षीय हरी प्रसाद सिलवालमाथि धारिलो हतियार फलामको दाउ घाटिमा प्रहार गरेका हुन् ।

शुक्रबार राति ११ बजे ५० मिनेटमा हरी प्रसाद आफ्नै घरको आफु सुत्ने कोठामा सुतिरहेका थिए । सुती रहेको अबस्थामा आफ्नै बुहारी पार्वतीले धारिलो हतियार फलामको दाउ घाटिमा प्रहार गरेको प्रहरीले जनाएको छ ।

धारिलो हतियारबाट हरी प्रसाद घाइते भएका छन् । उनको तत्काल उद्धार गरी जिल्ला अस्पताल धादिङबेसी पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि रातिनै काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहार गर्ने पार्वतीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।