प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

लडेर घाइते भएकी महिलाको मृत्यु

२०८० माघ २१, आईतबार १७:५७ बजे

बैतडी – बैतडीमा लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका–२ शर्मालीकी ३८ वर्षीया तोलादेवी महताको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।

शुक्रबार घरबाट धनकोट भन्ने स्थानमा जाँदै गरेकी महता लडेर घाइते भएकी थिइन्।उनको टाउकोमा चोट लागेको थियो। स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि उनलाई डडेल्धुरा अस्पताल हुँदै निसर्ग अस्पताल धनगढी पुगाइएको थियो।

महताको शनिबार राति १२ बजेतिर उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए।