हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका–६ स्थित सुधामा बाघको आक्रमणबाट १९ वटा खसीबाख्रा मरेका छ्न् । आइतबार घर नजिकै पाखामा चराउन छोडेको स्थानीय तीन कृषकका १९ वटा खसीबाख्रा बाघले मरेको हो ।
वडाध्यक्ष फूलमान भोम्जनका अनुसार स्थानीय डम्बर बहादुर बोम्जमको ११ वटा, कान्छिमाया भोम्जमको ५ र गंगाराज भोम्जमको ३ वटा बाख्रा बाघले मारेको अवस्थामा फेला परेको हो । बाघको आक्रमणबाट किसानहरुको लाखौं रूपैयाँ बराबरको क्षति भएको उनले बताए ।