मकवानपुर – हेटौडा उपमहानगरपालिका–१० बसपार्कबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका-४ बस्ने अन्दाजी ५५ वर्षीय पर्देसी माझी थारू रहेका छन् ।
शंकास्पद किसिमले हिडिरहेको अवस्थामा प्रहरीले थारूलाई चेकजाँच गर्दा लागुऔषध गाँजा ५ केजी ५०० ग्राम फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसा। थारूले पछाडी भिरेको कपडाको झोलामा लुकाई छिपाई ल्याएको उक्त लागुऔषध गाँजा फेला पारेको थियो।
यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।