प्रहर खबर
 २०७९ आश्विन २१, शुक्रबार    

थप ५४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७९ भाद्र २, बिहीबार १६:३९ बजे

हेटौंडा – नेपालमा पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुल चार हजार ९३० जनाको कोरोना परीक्षण गर्दा ५४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

दुई हजार ८२ पीसीआर परीक्षण गर्दा २२४ र दुई हजार ८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२१ जना सङ्क्रमणमुक्त भएका छन् भने कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । त्यस्तै हाल देशभर पाँच हजार २६५ जना सक्रिय सङ्क्रमति रहेका छन् ।