हेटौंडा – भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ का १९ बर्षीय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ ।
भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई आज बिहान घर नजिकै रहेको मकैवारीमा बन्दुक पड्किएर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ । खबर प्राप्त भएसंगै प्रहरी टोली खटिएर अनुसन्धान गरिरहेको छ ।
घटनास्थलमा एउटा दुम्सी मरेको अबस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको तथा रक्ताम्मे अबस्थामा मृत फेला परेकोले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।