हेटौंडा – आफ्नै घरको छतबाट खसेर दाङमा एक किशोरीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– ५ स्थित घरको छतबाट खसेर घाइते भएकी १८ वर्षीय कमला केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार किशोरीको उपचारका लागि बाँकेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । कमला आफ्नै एक तले घरको छतबाट खसेर शक्त घाइते भएकी थिइन । घाइते केसीको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो ।
तुलसीपुरमा उपचार सम्भव नभएपछि उनलाई बाँकेको कोहलपुर मेडिकल कलेजका लागि रिफर गरिएकोमा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।