प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विन्दवासिनी कंसाकारको शपथ आज

२०८० जेठ १५, सोमबार ०८:२० बजे

हेटौंडा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ विन्दवासिनी कंसाकारले आज सांसदको शपथ ग्रहण लिने भएकी छन् ।उनले आज अपरान्ह ३ बजे सिंहदरबारमा शपथ लिने छिन् । उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाउने छन् ।

रास्वपाको कारबाहीमा ढाकाकुमार श्रेष्ठको सांसद पद गुमेपछि समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवारको सूचीमा रहेकी कंसाकारलाई रास्वपाले सांसद बनाउने निर्णय गरेको थियो । निर्वाचन आयोगले कंसाकारलाई प्रतिनिधि सभा सदस्यको प्रमाणपत्र दिइसकेको छ ।

रास्वपाको सिफारिसमा कंसाकारलाई निर्वाचन आयोगले सांसद निर्वाचित भएको प्रमाणपत्र दिइसकेको थियो। निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएपनि सर्वोच्चको आदेशका कारण शपथ लिन पाएकी थिइनन्।

कंसाकारलाई रोक्ने उक्त आदेश बुधबारको इजलासले निरन्तरता नदिएपछि कंसाकारले सांसदका रूपमा शपथ लिने बाटो खुलेको थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको टेप बाहिरिएपछि रास्वपाले छानविन गरी ढाकाकुमारलाई हटाएको थियो।