प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

गोरूलाई ठक्कर दिदा मोटरसाइकल दुर्घटना, पेस्तोल सहित तीनजना पक्राउ

२०७९ असार २१, मंगलबार ०५:५२ बजे

हेटौंडा – गोरूलाई ठक्कर दिएर दुर्घटना भएको मोटरसाइकलमा सवार तीनजनाको साथबाट विभिन्न हातहतियार बरामद भएको छ । रुपन्देही लुम्विनी साँस्कृतिक नगरपालिका–६ बसपार्कमा यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल थियो ।

मोटरसाइकलमा सवार भारत सिद्दार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलिको साथबाट
१ थान कटुवा पेस्तोल, सोही पेस्तोलको २ थान गोली र १ थान चक्कु आइतबार राति बरामद गरिएको प्रहरीले जनाएको छ ।

शंका लागेपछि ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले मोटरसाइकललाई पछ्याएको थियो । पछ्याउने क्रममा मोटरसाइकलले गोरूलाई ठक्कर दिएर दुर्घटना भएको थियो । चेकजाँचको क्रममा उनीहरूको साथबाट उक्त हतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा प्रहरीको निग्रानीमा उपचार भइरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।