काठमाडौं – भिरबाट लडेर बागलुङमा एक बालिकाको मृत्यु भएको छ। बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोटकी ८ वर्षीया प्रतिक्षा घर्ती मगरेको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी मंगलबार विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन्। मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन्।