हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं. १९ मा एक गोठमा आगलागी भएको छ । हेटौंडा–१९ ठुलो बसेनिस्थित लाल बहादुर गोलेको काठ र टिनले छाएको गोठमा आगलागी भएको हो ।
आगलागीबाट गोठ भित्र रहेको ५ बाख्रा जलेर मरेको तथा दुई गोरु घाइते भएको मकवानपुर प्रहरीले जनाइएको छ । उक्त आगलागी घरमा रहेको सामानहरु पुर्ण रुपमा जलेको जनाइएको छ । आगलागीबाट दुई लाख दश हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।