हेटौंडा – चितवन कालिका नगरपालिका–७, सिमल बस्तिमा निर्माणधिन खानेपानीको ट्याङ्कीबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत उत्तर प्रदेश घर भई हाल कालिका नगरपालिका–७ जुटपानी बस्ने अन्दाजी ३० वर्षीय श्रीराम ठाकुर रहेका छन् ।
प्रहरीका अनुसार ठाकुर उक्त निर्माण हुँदै गरेको खानेपानीको ट्याङ्की प्लाष्टर गर्ने क्रममा ५ तला माथिबाट खसेर गम्भीर घाइते भएका थिए ।
उनको भरतपुर अस्पतालमा उपचारकको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।