प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

लागूऔषधसहित एक जना पक्राउ

२०८० माघ २१, आईतबार १७:४७ बजे

धनगढी – कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिकाको ट्राफिक चौराहबाट सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को टोलीले लागुऔषध चरेशसहित बझाङको बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय धनबहादुर बोहरालाई पक्राउ गरेको हो।

बोहराको साथबाट एक किलो ४२ ग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बोहराले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ प १४६७ नम्बरको मोटरसाइकलमा काटुनमा लुकाएर लगिरहेको अवस्थामा चरेश फेला परेको थियो। बोहरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।