प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ असार २५, बुधबार ०९:०६ बजे

बागलुङ । पहिरोका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । 

वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए । केही स्थानमा सडक भासिएको छ ।