प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

गोदावरीमा टुईन्च मोटर बम भेटियो

२०८० चैत्र ७, बुधबार १९:२४ बजे

अत्तरिया – कैलालीको गोदावरीमा टुईन्च मोटर बम फेला परेको छ। बुधबार गोदावरी नगरपालिका–४ को हाटखोलीमा टुईन्च मोटर बम फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले नेपाली सेनाले प्रयोग गर्दै टुइन्च मोटर बम फेला परेको बताए। उनका अनुसार स्थानीयले हाटखोलीस्थित खोलामा टुइन्च मोटर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले तत्काल नेपाली सेनाको बम डिस्पोजल टोली मगाएको थियो। उक्त टोलीले बमलाई डिस्पोज गरिसकिएको प्रहरीले जनाएको छ। हाटखोली क्षेत्रमा नेपाली सेनाले तालिम अभ्यास गर्ने गरेका कारण सोही क्रममा बम हराएको हुनसक्ने अनुमान गरिएको छ।