प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

करेन्ट लागेर एक जनाको मृत्यु

२०८० आश्विन ६, शनिबार ११:३३ बजे

हेटौंडा – करेन्ट लागेर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं.५ बलेफी बजारमा करेन्ट लागेर स्थानीय २२ बर्षीय उमेश श्रेष्ठ घाइते भएका थिए ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार उनको उपचारको क्रममा खाडिचौर सदाबहार अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् । शुक्रबार साँझ उमेशको ठुलो बुबा रुद्र बहादुर श्रेष्ठको निर्माणाधिन घरमा विद्युतको मिटर बक्स ल्याईएको थियो ।

प्रहरीका अनुसार ३ तले पक्की घरको छतमा रहेको फलामको टेबुल उचाल्ने क्रममा टेबलले मिटर बक्सको तार किचिएर करेन्ट लाग्दा श्रेष्ठ घाइते भएका थिए ।