प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

नदीमा नुहाउने क्रममा खड्काको मृत्यु

२०८० जेठ २९, सोमबार ०१:४७ बजे

डोटी – डोटीमा सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

दिपायल सिलगढी नगरपालिका–२ को पक्की पुल नजिक आज सोमवार दिउँसो नुहाउने क्रममा ३७ वर्षका तेजबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीका अनुसार नदीमा बगेका खड्काको शव झन्डै एक किलोमिटर तल घोल्तडामा भेटिएको थियो ।