काठमाडौं – दसैं बिदामा घर जाने क्रममा पुलबाट खसेर एक युवक बेपत्ता भएका छन् । कालीकोटको भैंसेगौडा पुलबाट तिलागुफा–९ का २१ वर्षीय अर्जुन उपाध्याय बेपत्ता भएका हुन् ।
उपाध्याय कर्णाली राजमार्गमा पर्ने भैंसेगौडाबाट पारी चिल्खाया जाने क्रममा तिला नदी तर्नेक्रममा सोमबार दिउँसो तिला नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनी सुर्खेतमा स्नातक तह पढ्दै गरेका थिए ।
उपाध्याय आफन्त लक्ष्मण ढकालका अनुसार उनी घर जानेक्रममा भैंसैगौडा पुलमा खुट्टा चिप्लिएर तिला नदीमा खसेका हुन् । बेपत्ताको खोजी गरे पनि फेला पर्न नसकेको प्रहरीेले जनाएको छ ।