प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

चरेश सहित तामाङ र लामा पक्राउ

२०८० आश्विन १४, आईतबार १८:५३ बजे

हेटौंडा – काठमाडौं महानगरपालिका–१६ कालधारास्थित सडकबाट शनिबार दिउँसो अवैध लागूऔषध चरेश सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ घर भएका ३१ वर्षीय गोबिन्द्र तामाङ र २७ वर्षीय मुस्कान लामा रहेका छन् ।

लागूऔषध चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ५ केजी, नगद ९ हजार रूपैयाँ र भिषा कार्ड ७ थान बरामद गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।