प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७९ कार्तिक १३, आईतबार ०२:५९ बजे

हेटौंडा – ललितपुरको ग्वार्कोमा स्कारपियो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार नम्बर खुल्न नसकेको निलो रङको स्कारपियो जिपले पैदल हिंडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई शनिबार बेलुका ८ बजे ठक्कर दिएको थियो ।

युवतीको उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा शनिबार बेलुकानै मृत्यु प्रहरी प्रभाग मंगलबजारले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।