प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्रकको ठक्करबाट महिलाको मृत्यु

२०८१ जेठ १५, मंगलबार ०८:५१ बजे

काठमाडौँ – ललितपुरको सात दोबाटोमा ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु गएको छ । मृत्यु हुनेमा काभ्रे धुलिखेल बस्ने ४० वर्षकी अप्सरा दाहाल रहेकी छन् ।

ना ८ छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिँदा दाहालको मृत्यु भएको हो । ठक्करबाट घाइते भएकी उनको उपचारका लागि पाटन अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जनाएको छ ।