प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

२०७९ पौष २५, सोमबार ११:४८ बजे

चितवन – चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ ।

अमलटारी सेक्टरअन्तर्गत कुजौली रेन्जपोष्ट नजिकै नारायणी नदीको भंगालो किनारामा १८ वर्षको पोथी गैंडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

निकुञ्जको नियमित संयुक्त गस्ती गैंडा फेला पारेको थियो ।