प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

स्वदेशी सुपरमार्केटले दशैं बिदामा पनि सेवा दिने

२०८० कार्तिक ५, आईतबार १३:४९ बजे

हेटौंडा – दशैंको विदामा पनि हेटौंडामा रहेको स्वदेशी सुपरमार्केटले सेवा प्रवाह गर्ने भएको छ ।

वडा दशैंको विदाको अवधिमा सुपरमार्केट विहान ७ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहने सञ्चालक अमित अग्रवालले जानकारी दिए ।

दशैंको समयमा प्राय पसलहरु बन्द हुने भएकोले उपभोक्ताको सुविधाको लागि विदाको अवधिमा पनि सुपरमार्केट सञ्चालनमा ल्याईएको सञ्चालक अग्रवालले बताए ।

गत बैशाख २८ गतेदेखि सञ्चालनमा आएको यस सुपरमार्केटले स्वदेशमै उत्पादन भएका सामग्रीहरुलाई प्राथामिकता दिदै विक्री वितरण गर्दै आएको छ ।