प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने

२०८१ मंसिर ३, सोमबार १९:४९ बजे

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।

उक्त तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्टको भिडन्त हुनेछ । उद्घाटन खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा हुने क्यानले जनाएको छ । फाइनल खेल भने ६ पुसमा हुनेछ ।