हेटौंडा – ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सुनसरीको कोशी गाँउपालिका ३ जमुवा चोकमा आइतबार प्रदेश २–०३–००१ ख २७२४ नम्बरको ट्रकको ठक्करबाट को १९ प ३८७३ नम्बरको मोटरसाइकल चालक सोही गाँउपालिका ५ बस्ने ३० वर्षीय ईस्राफिल आलमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।आइतबार दिउसो सवा १२ ठक्कर दिएको हो । दुर्घटनामा संलग्न ट्रक सहित चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।