प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

२०७९ मंसिर १८, आईतबार ०२:२९ बजे

काठमाडौं – नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ । उनको भक्तपुरको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो ।

बिहान छिमेकीले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तु देखिएपछि बास्कोटाको घरमा प्रहरीको टोली सो स्थानमा पुगेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए ।

यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट भएको थियो ।