प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा एक प्रहरी जवानको मृत्यु

२०८० श्रावण २६, शुक्रबार १०:०४ बजे

हेटौंडा – मकवानपुरको भीमफेदीस्थित प्रहरी चौकी भैंसेमा कार्यरत एक प्रहरी जवानको मृत्यु भएको छ । जाजरकोट घर भएका २२ वर्षीय कृतिबहादुर नेपालीको बाटोमा माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

प्रहरीका अनुसार उनी गएराति ८ः३५ बजेको समयमा ड्युटीमा खटिएको अवस्थामा लडेर घाइते भएका थिए । उनको उपचारको लागि हेटौंडा ल्याईएको थियो ।

गएराति उपचार गरेर हेटौंडाबाट कार्यालयतर्फ फर्किने क्रममा भीमफेदी–१ स्थित बुलबुलेस्थि सडकमाथिबाट खसेको ढुङ्गाले लागेर नेपाली गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रमम मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।