काठमाडौं – पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार खेमराज भट्ट ‘मायालु’को निधन भएको छ। क्यान्सर रोगसँग लामो समयदेखि जुधिरहेका भट्टको उपचारको क्रममा काठमाडौंको बीर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
डडेल्धुरामा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने नेताहरुमध्ये पर्छन् । रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो।
त्यतिबेला मायालु त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए। भट्ट २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भए । सामान्य प्रशासन मन्त्रीसमेत बने ।
नेपाली कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए। पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिए।