प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

पोखरीमा डुबेर तीन वर्षीय विद्यार्थीको मृत्यु

२०८० आश्विन ७, आईतबार ०५:५३ बजे

काठमाडौं – पोखरीमा डुबेर श्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको छ । कपिलवस्तुको बुद्ध भूमि नगरपालिका वडा नम्बर २ बकडरीया बस्ने तीन वर्षीय हारजित थारु रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताए ।

मृतक बालक श्री आधारभूत विद्यालय बकडरियामा बाल विकासमा अध्ययनरत विद्यार्थी हुन् । मृतक बालकको शव शनिवार साँझ ६ बजे फेला परेको बताइएको छ । पोखरी नजिकै बालबालिका सँगै खेल्ने गर्दा उनी हराएका थिए ।