प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

घरायसी वादविवादमा श्रीमतीको हत्या

२०७९ चैत्र २, बिहीबार १३:५९ बजे

हेटौंडा – मोरङ बेलबारी नगरपालिका– १ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महत धारिलो हतियारले टाउँकोमा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

महतले आफ्नै ५३ वर्षीया श्रीमती देबि महतलाई घरायसी वादविवादको कारण धारिलो हतियारले टाउँकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

हत्यामा संलग्न महतलाई पथरी शनिश्वरे नगरपालिका–१० स्थित पश्चिम बसपार्कबाट पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।