प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मन्त्रीको गाडीमा आगजनी घटना: गोली लागेर दुई जनाको मृत्यु

२०८० पौष १३, शुक्रबार १८:०६ बजे

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा दुई जना युवकको मृत्यु भएको छ।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका युवा वीरेन्द्र शाह र २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो ।

प्रहरीका अनुसार राउतको इमाडोलस्थित किष्ट अस्पताल र शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शुक्रबार दिउँसो प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर आगजनी गरेका थिए । 

सो क्रममा बालकुमारी–ग्वार्को क्षेत्रमा प्रर्दशनकारी र प्रहरीबीच झडपसमेत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली शाह र राउत लागेको बताईएको छ ।